काठमाडौं, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलसँग विगत ३५ वर्षको हिसाबकिताब खोज्नुभन्दा आगामी ३५ वर्षको योजना बनाउन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतका कमजोरी र असफलतामा दोषारोपण गर्नुभन्दा देशको भविष्य र आगामी पुस्तालाई केन्द्रमा राखेर दीर्घकालीन योजना बनाउनुपर्ने बताए।
उनले पुराना दलले विगतमा गरेका सकारात्मक कामका लागि धन्यवाद दिँदै अबको ३५ वर्ष देश कस्तो बनाउने भन्ने जिम्मेवारी आफ्नै हातमा रहेको धारणा राखे।














