KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बालिका हत्याको विरोधमा सिमरामा प्रदर्शन, डीएसपी निलम्बनको माग

बालिका हत्याको विरोधमा सिमरामा प्रदर्शन, डीएसपी निलम्बनको माग

बारा, ४ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयले वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ की बालिका चौधरीको हत्यामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने तथा इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने माग राख्दै स्थानीयले बुधबार दिउँसोदेखि प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् ।

आन्दोलनरत स्थानीयले बालिका हराएको सूचना समयमै प्रहरीलाई दिइए पनि खोजीमा प्रहरीले पर्याप्त चासो नदिएको आरोप लगाएका छन् । उनीहरूले प्रहरीको लापरबाहीका कारण बालिकाको ज्यान गएको भन्दै इलाका प्रहरी कार्यालय सिमराको नेतृत्व परिवर्तन गर्नुपर्ने मागसमेत अघि सारेका छन् ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार सडक खुलाउने विषयमा बुधबार पटक–पटक छलफल भए पनि आन्दोलनरत पक्षले राखेको डीएसपीलाई निलम्बन गर्नुपर्ने माग सम्बोधन गर्न नसक्ने अवस्था रहेकाले सहमति जुट्न सकेन ।

उनका अनुसार बुधबार राति ११ बजेसम्म भएको छलफलमा आन्दोलनरत पक्षले डीएसपी क्षेत्रीलाई निलम्बन गर्नुपर्ने माग राखेको थियो । तर, उक्त माग आफ्नो तहबाट सम्बोधन गर्न नसकिने भएकाले सडक खुलाउने विषयमा निष्कर्षमा पुग्न नसकिएको हो ।

स्थानीयका अनुसार बालिका हराएको तीन दिनसम्म प्रहरीले प्रभावकारी रूपमा खोजी नगरेको तथा परिवारले किटानी जाहेरी दिएका व्यक्तिमाथि समयमै अनुसन्धान अघि नबढाएको आरोप छ।

बालिका हराएको सूचना इलाका प्रहरी कार्यालय सिमरालाई समयमै दिइएको भए पनि प्रहरीले खोजीमा पर्याप्त सक्रियता नदेखाएको स्थानीयको दाबी छ ।

मंगलबार साँझ बालिका चौधरीको शव फेला परेको थियो । शव फेला परेपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । परिवारले भने शव फेला पर्नुअघि नै ती दुई जनाविरुद्ध किटानी जाहेरी दिएको जनाएको छ ।

बालिकाको हत्या घटनापछि स्थानीय आक्रोशित बनेका छन् । दोषीमाथि कडा कारबाही र प्रहरीको लापरबाहीमाथि छानबिनको माग गर्दै उनीहरूले आन्दोलन जारी राखेका छन् । सडक अवरुद्ध हुँदा वीरगञ्ज–पथलैया सडकखण्डमा यातायात प्रभावित भएको छ ।

Facebook Comment

Related Posts

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

उद्धारमा भारतीय-चिनियाँ विज्ञसहित १८ हजार ७०८ सुरक्षाकर्मी खटिए

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

शव भेटिए पनि आफन्तको पहिचान हुन सकेन

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

माथिल्लो त्रिशूली-३ ‘बी’मा कोही नफसेको पुष्टि, चिनियाँ टोली अन्यत्र

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar