काठमाडौं, ३ भदौ । नेकपा एमालेले प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- सभापति रवि लामिछानेलाई सुझाव दिएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न लामिछानेलाई आग्रह गरे।
उनले त्यसो नभए राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा ठूलो जनआन्दोलन हुन सक्ने चेतावनीसमेत दिए ।














