काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ ।
मुख्य सचेतकको नेतृत्वमा गठन गरिएको कार्यदलले ७ दिनभित्र आवश्यक संशोधनसहित कार्यविधि तयार गर्नेछ ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार कार्यदलले सांसदहरूको सदनमा उपस्थिति, संसदीय मर्यादा, जनताप्रतिको जिम्मेवारी, विपक्षी आवाज र प्रभावकारी कानुन निर्माण प्रक्रियालाई प्राथमिकतामा राखेर विधान परिमार्जन गर्नेछ ।
यसअघि बुधबार पार्टी सभापति रवि लामिछानेले सांसद तथा मन्त्रीहरूसँग संसदीय मर्यादा र शैलीबारे छलफल गरेका थिए ।














