काठमाडौं, ३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानबीचको होर्मुज जलडमरूमध्यलाई ‘अमेरिकाको नयाँ भूभाग’ भन्दै नक्सा सार्वजनिक गरेका छन् ।
ट्रम्पले यसअघि पनि इरानलाई पराजित गरेपछि होर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने योजना रहेको बताएका थिए । इरानले भने ट्रम्पको दाबी अस्वीकार गर्दै जलडमरूमध्यमा आफ्नो नियन्त्रण कायम रहेको जनाएको छ ।
इरानका अधिकारीले अमेरिका युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म तथा रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता नगरेसम्म होर्मुज बन्द राख्ने चेतावनी दिएका छन् ।
सीएनएनका अनुसार पछिल्ला दुई सातामा होर्मुज हुँदै जाने व्यावसायिक जहाजमध्ये ८० प्रतिशतभन्दा बढी ओमानतर्फको सामुद्रिक मार्गबाट आवतजावत गरेका छन्।
यसले इरानले जलडमरूमध्यमाथिको नियन्त्रण आंशिक रूपमा गुमाएको संकेत गरेको विश्लेषण गरिएको छ । अमेरिकाले भने जलमार्गमा ठूलो सैन्य शक्ति परिचालन गरेको छ ।














