जनकपुर, ३ भदौ I बाराको जितपुर-सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया गरिमा चौधरी तीन दिनपछि मृत फेला परेकी छन् ।
साउन ३१ गते बिहान घरबाट हराएकी उनको शव मंगलबार साँझ घरभन्दा करिब ५० मिटर टाढा रहेको सुनसान घरभित्र भेटिएको प्रहरीले जनाएको छ।
तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको हो। बालिकाको हत्या गरी शव लुकाइएको हुनसक्ने आशंकामा प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।












