काठमाडौं, २ भदौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई अघि बढाउँदै विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
महाधिवेशन व्यवस्थापन समितिअन्तर्गत आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायतका विभिन्न उपसमिति गठन गरिने कांग्रेसले जनाएको छ।
उपसमितिमा रहने संयोजक र सदस्यहरूको नामावली भने पछि सार्वजनिक गरिने बताइएको छ।












