रुपन्देही, १ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
सोमबार बसेको प्रदेशसभा बैठकमा आचार्यको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । ८३ सदस्यीय प्रदेशसभामा ७१ सांसद मतदानमा सहभागी भएका थिए ।
आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले समर्थन गरेका थिए । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आचार्यले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन् ।
बहुमत प्राप्त गरेपछि सभामुख तुलाराम घर्तीमगरले आचार्यले विश्वासको मत पाएको घोषणा गरेका छन् ।














