काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ ।
तीन दिनसम्म चलेको समूहको सम्मेलनले नेपालमा कायम धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र धार्मिक स्वतन्त्रताको संरक्षण गर्दै सनातनदेखि चलिआएका हिन्दू, बौद्ध, किरात तथा प्रकृति धर्मको संरक्षण गर्ने प्रतिबद्धता जनाएको हो ।
प्रस्तावमा प्रत्येक व्यक्ति तथा धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने उल्लेख छ।
सम्मेलनमा देउवाले आफू हिन्दू भए पनि सबै धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्ने बताएका छन् ।












