काठमाडौँ, ३१ साउन । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चारदिने भ्रमणका लागि आइतबार नेपाल आउँदै छन् ।
नेपाल भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहमा सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
त्यसपछि नेपाली र भारतीय सेनाका प्रमुखबीच जंगी अड्डामा द्विपक्षीय वार्ता हुनेछ । नेपाल र भारतका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास तथा तालिममार्फत लामो समयदेखि सहकार्य हुँदै आएको छ ।
दुवै देशका सेनाप्रमुखलाई एकअर्काको मानार्थ महारथीको पदवी दिने परम्परा सन् १९५० देखि सुरु भएको हो ।












