काठमाडौं, ३० साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लघुवित्त पीडितको आन्दोलनमा सहभागी हुन नदिन प्रहरीले घरमै रोकेको छ ।
शनिबार ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय मानव अधिकार आयोगबाहिर लघुवित्त पीडितले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा सहभागी हुन जाने तयारीमा रहेका प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन नदिएको उनले बताए ।
प्रसाईंको भक्तपुरस्थित ठिमीको घरअगाडि प्रहरीको भ्यान राखिएको छ भने घर आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जनाइएको छ ।












