काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी विभाजन नभई एकताको पक्षमा आफूहरू रहेको बताएका छन् ।
इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसको आधिकारिक संरचनामा …आत्मा नभएकोÚ टिप्पणी गर्दै आत्मासहितको कांग्रेस आवश्यक रहेको बताए ।
सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि निस्सा पाएपछि गगन थापा नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्न नसकिने उनले बताएका थिए ।
महतले पार्टी एकताका लागि शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन हुनुपर्ने धारणा राखे ।












