धनगढी, २९ साउन । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टसहित एमालेका चार मन्त्रीले शुक्रबार शपथ लिएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ लिनेमा सन्तोष शर्मा थापा -सामाजिक विकास-, चक्रबहादुर मल्ल -आर्थिक मामिला-, दमन भण्डारी -भूमि व्यवस्था, कृषि तथा सहकारी- र जानकी ऐर बम -आर्थिक मामिला राज्यमन्त्री- छन् । भट्ट नेकपा संसदीय दलका नेता हुन् ।
एमाले र नेकपाबीचको तीनबुँदे सहमतिअनुसार उनी मुख्यमन्त्री बनेका हुन् । यसअघि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।












