काठमाडौं, २८ साउन । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिने भएको छ ।
महासंघले प्रेस स्वतन्त्रताका पक्षधर सबैलाई धर्नामा सहभागी हुन आह्वान गरेको छ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरेको हो।
प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । श्रेष्ठको पक्राउसँगै जनआस्थाको कार्यालयमा गरिएको खानतलासीको समेत महासंघले विरोध गर्दै विनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।












