काठमाडौँ, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछानेले चुनावी परिणाम र युवा नेतृत्वको मन्त्रिपरिषद् मात्रै पर्याप्त नभएको भन्दै सरकारले परिणाममुखी काम गर्नुपर्ने बताएका छन् ।
बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा उनले सरकार गठन भएको चार महिना बितिसक्दा पनि सडकको आवाज कम नभएकाले सरकारमाथि परिणाम देखाउने चुनौती बढेको बताए ।
उनले नागरिकमा तत्काल परिणाम खोज्ने प्रवृत्ति बढ्दै गएको भन्दै धैर्यताको कमीले निराशा बढाउन सक्ने बताए । माइतीघरमा अझै भीड देखिनु निराशाको परिणाम हो वा नागरिकको बानी परिसकेको हो भन्ने छुट्याउन कठिन रहेको उनको भनाइ थियो ।
लामिछानेले रास्वपाले संसदमा युवा पुस्ताको विचारलाई प्रतिनिधित्व गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै आफूहरू …विकल्प खोज्न होइन, विकल्प बन्नÚ आएको दाबी गरे ।












