काठमाडौँ, २५ साउन । इरान-अमेरिका तनाव र होर्मुज जलघाँटी पुनः खुल्ने विषयमा अनिश्चितता कायम रहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।
सोमबार बिहानसम्म ब्रेन्ट कच्चा तेलको मूल्य १.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ भने डब्लूटीआईको मूल्य ०.७८ प्रतिशतले बढेर ७८.७९ डलर पुगेको रोयटर्सले जनाएको छ ।
गत साता सम्झौता भई होर्मुज जलघाँटी खुल्ने अपेक्षामा दुवै प्रमुख तेलको मूल्य ७ प्रतिशतभन्दा बढी घटेको थियो। तर इरानले सम्झौताका लागि अमेरिकाले केही सर्त पूरा गर्नुपर्ने बताएपछि बजारमा पुनः अनिश्चितता बढेको हो ।
विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ हिस्सा होर्मुज जलमार्गबाट हुने भएकाले यो मार्ग अवरुद्ध भए विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता छ ।














