KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

करोडौँका साइकलबारे जिम्मेवार निकायबीच आरोप-प्रत्यारोप, जवाफदेहिता शून्य

करोडौँका साइकलबारे जिम्मेवार निकायबीच आरोप-प्रत्यारोप, जवाफदेहिता शून्य

जनकपुर, ४ साउन । मधेश प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत खरिद गरेका ४५ सयभन्दा बढी साइकल वर्षौंदेखि गोदाममै थन्किएर कवाड बन्दै जाँदा पनि सम्बन्धित निकाय भने यस विषयमा स्पष्ट जानकारी दिन नसक्ने अवस्थामा देखिएका छन् ।

यस विषयमा केपी खबरले विगतमा पटक-पटक समाचार र रिपोर्ट प्रकाशन तथा प्रसारण गरे पनि सरकारको ध्यान जान सकेको छैन । पुनः यस विषयमा जानकारी लिन खोज्दा सरकारी निकायहरूबीच नै समन्वयको अभाव र जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी रोहित कुमार कोइरालाले साइकलसम्बन्धी सम्पूर्ण कागजात शिक्षा तथा संस्कृति मन्त्रालयमा हस्तान्तरण गरिसकिएको बताएका छन् ।

तर शिक्षा तथा संस्कृति मन्त्रालयका सूचना अधिकारी प्रदीप कुमार साहले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले यसबारे आवश्यक जानकारी संकलन गर्ने र बुझ्ने प्रयास गर्ने बताए ।

यस्तै शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले पनि आफूलाई हालसम्म यस विषयमा विस्तृत जानकारी नरहेको स्वीकार गर्दै वास्तविक अवस्था बुझ्ने प्रयास भइरहेको बताए ।

सरकारका दुई जिम्मेवार निकाय र सम्बन्धित मन्त्री नै हजारौँ साइकल गोदाममा थन्किएर कवाड बन्दै गएको विषयमा अनभिज्ञ देखिनुले कार्यक्रमको प्रभावकारी कार्यान्वयन, अभिलेख व्यवस्थापन तथा सरकारी जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।

सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्नुपर्ने दायित्व भएका निकायहरू नै यति ठूलो परिमाणमा गोदाममा थन्किएका साइकलबारे स्पष्ट जानकारी दिन नसक्नुले कार्यक्रमको वास्तविक अवस्था छानबिन गरी जिम्मेवार पक्षलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता झन् बलियो बनेको छ ।

Facebook Comment

Related Posts

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

कुनै पनि पेसा सानो-ठूलो हुँदैन : आईजीपी दानबहादुर कार्की

कुनै पनि पेसा सानो-ठूलो हुँदैन : आईजीपी दानबहादुर कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar