एजेन्सी । इरानको सरकारी टेलिभिजनमा प्रसारित कार्यक्रममा सर्वोच्च नेता मोज्तबा खामेनीको नाममा नयाँ लिखित सन्देश सार्वजनिक गरिएको छ ।
सन्देशमा अमेरिकाले सम्झौता उल्लङ्घन गरेर आफ्नो अविश्वसनीय र छलपूर्ण नीति पुनः उजागर गरेको आरोप लगाइएको छ ।
साथै, अमेरिका युद्धतर्फ उन्मुख भए इरान र उसका सहयोगीहरूले बिर्सन नसक्ने जवाफ दिने चेतावनी दिइएको छ ।
पिता पछि सर्वोच्च नेता बनेका मोज्तबा हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन् र उनका सबै सन्देश लिखित रूपमै सार्वजनिक हुँदै आएका छन् ।














