एजेन्सी । अमेरिकाले इरानमाथि नयाँ हवाई आक्रमण गर्दै इरानी कच्चा तेल बिक्रीसम्बन्धी सामान्य इजाजतपत्र रद्द गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य झन्डै २ प्रतिशतले बढेको छ ।
पश्चिम एशियामा बढ्दो तनावका कारण तेल आपूर्तिमा असर पर्ने चिन्ता बढेको विश्लेषकहरूले बताएका छन् । बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७५.५४ डलर र डब्लुटीआई क्रुड ७१.८१ डलर पुगेको छ।
विश्लेषकहरूका अनुसार स्ट्रेट अफ होर्मुजमा तनाव लम्बिए तेलको मूल्य अझै बढ्न सक्ने सम्भावना छ ।














