काठमाडौँ, २१ असार । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया सुरु गरेकी छन् ।
सुशासन र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै जिम्मेवारी पूरा नगर्ने कर्मचारीविरुद्ध कारबाही गरिएको उनले बताइन् ।
नेपाल कृषि अनुसन्धान परिषद् -नार्क- अन्तर्गत कार्यरत प्राविधिक अधिकृत पार्वती जोशी र वैज्ञानिक नमिता भट्टराईलाई घरमा पत्राचार तथा राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेर पनि सम्पर्कमा नआएकाले कर्मचारी प्रशासन विनियमावली–२०६२ अनुसार सेवाबाट हटाइएको हो ।
मन्त्री चौधरीले मन्त्रालय अन्तर्गतका अन्य निकायमा पनि यस्तै कारबाही अघि बढाइने बताएकी छन् ।














