काठमाडौँ, २१ असार । चालु असार महिनाको १ देखि १९ गतेसम्मको १५ कार्यदिनमा १४६ निजामती कर्मचारीले राजीनामा दिएका छन् ।
राष्ट्रिय किताबखाना निजामतीका अनुसार यो सङ्ख्या सोही अवधिमा अनिवार्य अवकाशमा गएका १४२ कर्मचारीभन्दा बढी हो । महानिर्देशक श्रवण पोखरेलका अनुसार राजीनामा दिनेमा ५ सहसचिव, ३३ उपसचिव, २९ शाखा अधिकृत र ७९ सहायक स्तरका कर्मचारी रहेका छन् ।
राजीनामा बढेसँगै पेन्सनका लागि ई–पेन्सन आवेदनको चाप बढेको र त्यसले किताबखानामा प्राविधिक तथा प्रशासनिक दबाबसमेत बढाएको उनले बताए ।














