चितवन, २१ असार । चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणमा भरतपुर महानगरपालिका–२३ बेलहट्टाकी २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको छ।
शनिबार राति आफ्नै घरमा बसिरहेका बेला हात्तीले आक्रमण गर्दा दुवैको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष दीपक दवाडीले जानकारी दिए।
घटनापछि स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र निकुञ्ज प्रशासनबीच छलफल गरी हात्ती नियन्त्रण, मृतक परिवारलाई तत्काल राहत, घर निर्माणमा सहयोग तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कदम चाल्ने सहमति भएको छ।














