काठमाडौं, ११ असार । कक्षा १२ को परीक्षाफल प्रकाशनमा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।
शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले ४० दिनमै नतिजा सार्वजनिक गरेपछि हतारमा परिणाम निकाल्दा धेरै विद्यार्थीको नतिजा प्रभावित भएको उनीहरूको दाबी छ ।
विद्यार्थीहरूले पुनर्योग र मौका परीक्षामा सहभागी हुनुपर्ने अवस्था सिर्जना भएको तथा पुनर्योगका लागि प्रति विषय एक हजार रुपैयाँ शुल्क तोकिएको भन्दै असन्तुष्टि जनाएका छन् ।












