काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको छ ।
चितवनको भरतपुरमा जारी महाधिवेशनमा निर्धारित समयभन्दा ढिलो गरी भएको मतदानमा २ हजार ९५९ प्रतिनिधि सहभागी भएका थिए । पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदान भएको हो ।
अब दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदान हुने र दिउँसो ४ बजेसम्म सुरु गर्ने तयारी रहेको नेता मनिष झाले जानकारी दिए ।
दोस्रो चरणमा खुला उपसभापति, महिला उपसभापति, खुला महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्रीसहित ६ पदका लागि निर्वाचन हुनेछ ।












