काठमाडौं, १० असार । कक्षा १२ को नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरूले भोलि माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् ।
नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिन लागेका हुन् ।
विद्यार्थीहरूले सामाजिक सञ्जालमार्फत देशभरका प्रभावित विद्यार्थीलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । आयोजकका अनुसार प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त भइसकेको छ र सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय भइरहेको छ ।
प्रदर्शनकारीले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन् ।














