काठमाडौं, १० असार । भोलि -बिहीबार) बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
संघीय संसद् सचिवालयले विशेष कारणवश बैठक बस्न नसक्ने जनाउँदै सूचना जारी गरेको हो ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार अब प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।














