चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया आजदेखि सुरु हुने भएको छ।
बन्द सत्र ढिलो गरी सुरु भए पनि आजै उम्मेदवारी र निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाइने निर्वाचन आयोग स्रोतले जनाएको छ।
सभापति पदमा रवि लामिछाने निर्विरोध चयन हुने सम्भावना रहेको छ भने ९९ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुने तयारी छ।
केन्द्रीय सदस्य चयनपछि अन्य पदाधिकारीको निर्वाचन गरिनेछ। रास्वपाले महाधिवेशन बुधबारसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ।














