चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनमा नेतृत्व चयनका लागि सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर रहने बताएका छन्।
सांसद वा मन्त्री भइसकेकालाई उम्मेदवार बन्न नदिने हल्ला निराधार रहेको भन्दै उनले प्रतिनिधिहरूलाई विवेकका आधारमा नेतृत्व छनोट गर्न आग्रह गरे ।
उनले प्रतिनिधि शुल्क ५ हजार रुपैयाँ ऐच्छिक बनाउने घोषणा गर्दै आर्थिक कारणले कसैलाई मतदानबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
साथै, पार्टीभित्रका मतभेद छलफलबाट समाधान गर्न र प्यानल तथा गुटगत प्रचारबाट टाढा रहन आग्रह गरे । महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि छलफलपछि निर्वाचन प्रक्रिया सुरु हुने उनले जानकारी दिए ।














