काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) ले पहिलो महाधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारी शुल्क सार्वजनिक गरेको छ ।
आईतवारबाट सुरु हुने तीनदिने महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार आगामी मंगलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
रास्वपाले सभापति पदका लागि उम्मेदवारी शुल्क ५१ हजार रुपैयाँ निर्धारण गरेको छ भने एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य हुने जनाएको छ ।
यस्तै, पदाधिकारीका लागि ४१ हजार रुपैयाँ शुल्क तथा एक प्रस्तावक र २१ समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्य पदका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ भने उम्मेदवारले एक प्रस्तावक र २१ समर्थक जुटाउनुपर्ने व्यवस्था गरिएको छ ।














