काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीलाई वैधानिक र संस्थागत रूपमा अघि बढाउने सबैभन्दा महत्त्वपूर्ण माध्यम महाधिवेशन भएको बताएका छन् ।
चितवनको भरतपुरमा शनिबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले अनुकूल वातावरण बनेपछि पार्टीले महाधिवेशनतर्फ जाने निर्णय गरेको बताए ।
विभिन्न घटनाक्रमका कारण महाधिवेशन समयमै हुन नसकेको उल्लेख गर्दै उनले चार वर्षको पार्टी यात्रामा नागरिकको खबरदारीले रास्वपालाई परिपक्व बनाएको दाबी गरे ।














