काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा रहेका स्थानीय तथा प्रदेश सरकारलाई विपद् व्यवस्थापनका कामलाई उच्च प्राथमिकतामा राखेर प्रभावकारी रूपमा अघि बढ्न निर्देशन दिएका छन् ।
शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति गगनकुमार थापाले विपद् जोखिम न्यूनीकरण, तयारी तथा उद्धारका कार्यमा स्थानीय तहले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएको हो ।
उनले स्थानीय सरकारले विपद् व्यवस्थापनसम्बन्धी जिम्मेवारीलाई स्पष्ट रूपमा पहिचान गरी योजनाबद्ध ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । साथै, पार्टीले यस विषयमा आवश्यक मार्गनिर्देशन प्रदान गरेको जानकारी पनि दिए ।














