काठमाडौं, ७ जेष्ठ । प्रतिनिधिसभाको बैठक विपक्षी दलको नाराबाजीपछि मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
डोलप्रसाद अर्याल ले अर्को बैठक जेठ १२ गते बिहान ११ बजे बस्ने जानकारी दिएका छन् । सदनमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएको विषयलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका थिए ।
सभामुखले प्रधानमन्त्रीलाई उपस्थित हुन आग्रह गरे पनि उनले नमानेपछि बैठक प्रभावित भएको हो ।














