काठमाडौं, ६ जेष्ठ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता -कर प्रस्तावबाहेक) माथि छलफल भएको थियो । छलफलमा उठेका जिज्ञासाको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए ।
उक्त प्रस्तावमाथि छलफल सोमबारदेखि सुरु भएको हो। यसअघि वैशाख ३१ गते अर्थमन्त्री वाग्लेले सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।














