काठमाडौं, ४ जेष्ठ । नेकपा एमाले को सचिवालय बैठक भक्तपुरस्थित अध्यक्ष केपी शर्मा ओली को निवासमा चार घण्टादेखि जारी छ ।
दिउँसो सवा १ बजे सुरु भएको बैठकमा समसामयिक राजनीति, पार्टी संगठन सुदृढीकरण, सरकारको कामकारबाही र आगामी रणनीतिबारे छलफल भइरहेको सचिव महेश बस्नेत ले जानकारी दिएका छन् ।
बैठकमा पार्टीलाई जनमुखी र परिणाममुखी बनाउने विषयमा केन्द्रित छलफल भइरहेको बताइएको छ। साथै नेताहरूको कार्य विभाजन, वरीयता निर्धारण र चुनावी समीक्षाबारे पनि छलफल भईरहेको जनाइएको छ ।














