काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले सोमवार बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न अध्यादेश पेस गर्ने भएको छ ।
दिउँसो २ बजे सुरु हुने बजेट अधिवेशनको पहिलो बैठकमा सार्वजनिक खरिद, संवैधानिक परिषद् र सार्वजनिक पदाधिकारीसम्बन्धी अध्यादेश प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले बताए ।
त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मनी लाउन्डरिङ निवारण अध्यादेश, भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले सहकारी अध्यादेश तथा अन्य मन्त्रीहरूले सम्बन्धित क्षेत्रका संशोधन अध्यादेश पेस गर्नेछन् ।
आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।














