जनकपुर, १८ वैशाख । तत्मा बौद्धिक समाज, धनुषाले आगामी जेठ महिनामा आयोजना गर्न लागेको तत्मा सम्मेलनको तयारीलाई तीव्र बनाएको छ। सम्मेलनलाई प्रभावकारी र व्यापक बनाउन समाजका अध्यक्ष इन्जिनियर रामबाबु दासको अगुवाइमा समाजको एक टोली हाल सप्तरी पुगेको छ।
सप्तरी पुगेको टोलीले स्वजातीय समुदायका अगुवाहरूसँग भेटघाट तथा छलफल गर्दै सम्मेलनमा व्यापक सहभागिता सुनिश्चित गर्ने विषयमा परामर्श गरेको छ। कार्यक्रममा सहभागी गराउने, समुदायको सक्रियता बढाउने तथा सम्मेलनलाई सफल बनाउने रणनीतिबारे विशेष ध्यान दिइएको बताइएको छ।
समाजले सम्मेलनमार्फत तत्मा समुदायको शैक्षिक, सामाजिक र आर्थिक सशक्तीकरणका विषय उठान गर्ने लक्ष्य लिएको जनाएको छ।














