जनकपुर, ६ चैत । जनकपुरसहित देशका विभिन्न स्थानमा हावाहुरी, असिना र वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीव्र मौसम अझ बढ्न सक्ने चेतावनी दिँदै सतर्क रहन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले विशेषगरी तराई क्षेत्रमा हुरी र असिनाले मानवीय तथा भौतिक क्षति हुनसक्ने भन्दै उच्च सावधानी अपनाउन अनुरोध गरेको छ ।














