काठमाडौं, ६ चैत । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरिएको छ ।
उपसभापति विश्वप्रकाश शर्माले चुनावी समीक्षा प्रतिवेदनसँगै उक्त प्रस्ताव राख्दै छोटो अवधिमा नेतृत्वको पूर्ण मूल्यांकन गर्न नमिल्ने तर्क गरेका छन् ।
उनले पार्टीलाई कठिन अवस्थाबाट निकाल्ने जिम्मेवारी सभापतिकै भएको उल्लेख गर्दै राजीनामा स्वीकार गर्नु संगठनका लागि उचित नहुने बताएका छन् ।














