काठमाडौं, ५ चैत । निर्वाचन आयोगले अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- सरकार गठनको तयारीमा जुटेको छ ।
पार्टीका शीर्ष नेताहरूबीच आन्तरिक छलफल जारी छ । हालै सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ ।
संविधानको धारा ७६ अनुसार अब रास्वपाको नेतृत्वमा सरकार बन्ने निश्चित देखिएको छ ।
पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारे पनि संसदीय दलको नेता चयन भएपछि मात्र प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।














