काठमाडौं, ५ चैत । रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन बुझाइएको छ ।
निर्वाचन आयोगले बुझाएको प्रतिवेदनसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रपतिले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोग, कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिएका छन् ।
अब केही दिनभित्रै सरकार गठनका लागि दलहरूलाई आह्वान गरिनेछ । निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ बहुमत ल्याएकाले संविधानको धारा ७६-१) अनुसार एकल बहुमतको सरकार बन्ने सम्भावना बलियो देखिएको छ ।
कुल २७५ सांसदको नामावली राजपत्रमा प्रकाशित गरिनेछ ।














