जलेश्वर, ५ चैत । महोत्तरीको बर्दिबास क्षेत्रमा मुआब्जा विवादका कारण पूर्व–पश्चिम रेल्वेको निर्माण कार्य रोकिएको छ ।
१४ जना स्थानीयले पाउनुपर्ने करिब ७–८ करोड रुपैयाँ मुआब्जा नपाउँदा उनीहरूले निर्माण अवरुद्ध गरेका हुन् । जयनगरदेखि भंगाहासम्म रेल सञ्चालन भइसके पनि भंगाहाबाट बर्दिबास खण्डको काम रोकिएको छ ।
रेल विभागले आवश्यक रकम निकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको जनाएको छ ।











