एजेन्सी । मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायल बीचको द्वन्द्व थप चर्किएको छ ।
इजरायल र अमेरिका ले इरानको साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेपछि इरानले प्रतिकारस्वरूप कतार को रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गरेको जनाएको छ ।
आक्रमणपछि ग्यास प्रशोधन केन्द्रमा आगलागी भए पनि नियन्त्रणमा लिइएको र मानवीय क्षति नभएको कतारले जनाएको छ । घटनापछि कतारले इरानी कूटनीतिज्ञलाई निष्कासन गरेको छ र यसलाई राष्ट्रिय सुरक्षामाथिको खतरा भनेको छ ।
रास लाफान विश्वकै प्रमुख एलएनजी -प्राकृतिक ग्यास) निर्यात केन्द्र भएकाले यस क्षेत्रमा भएको आक्रमणले विश्व ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढेको छ ।
यसैबीच, द्वन्द्वका कारण तेल बजारमा मूल्य वृद्धि भएको छ भने स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाज आवागमन प्रभावित भएको छ ।
अन्तर्राष्ट्रिय समुदायले ऊर्जा संरचनामा आक्रमण नगर्न आग्रह गरिरहेका छन् भने दुवै पक्षबीच प्रतिशोधको चेतावनी जारी छ ।














