काठमाडौं, ४ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ चैत १२ गते गराउने तयारी गरिएको छ ।
समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र दिने र सोही दिन निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी छ ।
आयोगबाट औपचारिक जानकारी आएपछि संघीय संसद् सचिवालयले शपथको मिति सार्वजनिक गर्ने जनाएको छ । यस विषयमा राजनीतिक दलहरूसँग छलफल पनि भइरहेको छ ।
हालको निर्वाचनबाट ६ दल राष्ट्रिय दलका रूपमा आएका छन् भने रास्वपा सबैभन्दा ठूलो दल बनेको छ ।














