काठमाडौं, ४ चैत । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदलाई भोलि बिहान साढे ११ बजे प्रमाणपत्र प्रदान गर्ने भएको छ ।
विभिन्न ६ दलबाट निर्वाचित सांसदमध्ये रास्वपाबाट ५७, कांग्रेसबाट २०, एमालेबाट १६, नेकपाबाट ९ तथा राप्रपा र श्रसपाबाट ४-४ जना रहेका छन्।
नवनिर्वाचित सांसदहरूको शपथ भने चैत १२ गते गराइने तयारी छ ।














