जनकपुर, ४ चैत । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ मा अन्तरजातीय विवाह गरेकी २५ वर्षीया विभाकुमारी महतो घरमै झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
माइती पक्षले शारीरिक तथा मानसिक यातनाका कारण हत्या गरिएको आरोप लगाएको छ । उनी र पति मुकेश धनखोटी यादवले पाँच वर्षअघि भागी विवाह गरेका थिए ।
सन्तान नभएको विषयलाई लिएर विवाद हुने गरेको परिवारजनले बताएका छन ।
घटनापछि विभाका दाजुले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि प्रहरीले पति मुकेशलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।














