काठमाडौं, ३ चैत । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै नेकपा -एमाले) नेतृत्वलाई धन्यवाद दिएकी छन् ।
बालुवाटारमा आयोजित भेटमा उनले निर्वाचनलाई कठिन अवस्थाबाट निकास दिने माध्यमका रूपमा उल्लेख गर्दै सहयोगी भूमिकाको प्रशंसा गरिन् ।
उनले चुनावमा जित–हार सामान्य प्रक्रिया भएकाले जनादेशबाट विचलित नहुन आग्रह गरिन् । एमाले नेताहरूले पनि सरकारको नेतृत्वमा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको भन्दै प्रशंसा गरेका छन् ।














