काठमाडौं, ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरस्थित निवास पुगेका छन् ।
ओलीका बुबा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो । यसअघि पनि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले समवेदना व्यक्त गरेका थिए ।














