काठमाडौँ, ३ चैत । सुशासन र स्थिरतामा ध्यान दिन वाग्लेकोसुर्खेतकी इनिशा विक को बलात्कारपछि हत्या भएको घटनाको विरोधमा काठमाडौंको माइतीघर मण्डला मा प्रदर्शन गरिएको छ ।
संयुक्त नागरिक पार्टीको विद्यार्थी तथा महिला विभागको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाही, पीडित परिवारलाई न्याय र महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न सरकारसँग माग गरेका छन् ।
प्रदर्शनकारीहरूले बलात्कारीलाई फाँसी दे, सुरक्षित समाज बनाऊ जस्ता नारासहित प्लेकार्ड बोकेका थिए भने उनीहरूले पछिल्लो समय बढ्दै गएको जघन्य अपराधप्रति सरकार गम्भीर हुनुपर्ने चेतावनी दिएका छन् ।














