एजेन्सी । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा फेरि ड्रोन र रकेटबाट ठूलो हवाई आक्रमण भएको छ ।
सुरक्षा स्रोतका अनुसार यो पछिल्ला दिनकै ठूलो हमला हो, तर क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।
आक्रमणअघि नै दूतावासले अमेरिकी नागरिकलाई सुरक्षा सतर्कता जारी गरेको थियो । यसैबीच इजरायलले तेहरानमा हवाई आक्रमण गरेको दाबी गरेको छ ।
अमेरिका–इजरायलको संयुक्त कारबाहीमा अयातोल्लाह अली खामेनीको हत्या भएपछि क्षेत्रीय तनाव चर्किएको छ ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा लक्षित गर्दै आक्रमण जारी राखेको छ भने बेन्जामिन नेतन्याहुलाई मार्ने चेतावनी दिएको छ ।














