काठमाडौं, २ चैत । नागार्जुन नगरपालिका ८ भिमढुङ्गाबाट प्रहरीले हुण्डी तथा क्रिप्टो कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २८ वर्षका सागर गिरी र २८ वर्षका प्रमोद प्रसाद धिताल रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले रु। १ करोड १६ लाखसहित विभिन्न बैंकको चेक बुक, २७ लाख ३० हजार रुपैयाँ बराबरका चेक, ४ वटा एटिएम कार्ड, ६ वटा मोबाइल फोन, ३१ वटा सिमकार्ड, कम्प्युटर, १ थान नागरिकता, २ चारपाङ्ग्रे र १ दुईपाङ्ग्रे सवारी साधन, सवारी दर्ता किताब र बाइनान्स खातामा ७,१७५।३४ यूएसडीटी बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरूले अवैध वित्तीय कारोबार गर्दै आएका थिए र पक्राउ पछि थप अनुसन्धान जारी छ ।














